गाउँमै गाइड तालिम
पाेखरा | चैत २७, २०७९
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिकाले गाउँकै युवालाई सक्षम बनाउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले लाइसेन्स प्राप्त गाइड उत्पादनको प्रयास गरेको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राविधिक सहयोगमा गाउँपालिकाका ११ वडाका ४० जना युवाले गाइड तालिम लिएका छन् । गत १३ चैतदेखि सुरु भएको तालिम आइतबार समापन भएको छ ।
गाउँपालिकाभित्रकै आधार शिविरमा गाइड गर्नेहरु धेरै बाहिरको भएपछि स्थानीयलाई नै प्रोत्साहित गर्न गाउँमै तालिम दिइएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । ‘यहाँ धेरै बाहिरको हुनुहुन्छ । गाउँपालिकामा सल्लाह गरेपछि गाउँकै युवालाई सक्षम बनाउन तालिम दिएका हौं,’ उनले भने, ‘यो तालिमबाट सिकेका कुरालाई सदुपयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’
सहभागीलाई पर्यटकसँग गर्ने व्यवहार, हिमपहिरो आउँदा बच्ने उपाय, पर्यटन बिमा, पर्यटन कानुन, द्वन्द्व व्यवस्थापन, पदमार्गमा पाउन सकिने वनस्पति र जीव, ट्रेकिङ, पर्वतारोहण, यात्रामा निस्कनुअघिको तयारी, हिमाली समाज र संस्कृति, नेपालको भूगोल, नेतृत्वलगायत विषयमा तालिम दिइएको हो । तालिम लिन ८० जनाभन्दा बढीले गाउँपालिकामा आवेदन दिएका थिए । तीमध्ये ४० जनालाई छनोट गरेर सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले बताए ।
गाउँपालिकामा सञ्चालित नवप्रवद्र्धन साझेदारी कार्यक्रमअन्तर्गत पर्यटनमैत्री–प्रविधिमैत्री नमूना अन्नपूर्ण गाउँपालिका परियोजनामार्फत तालिम गरिएको तालिम संयोजक सूर्य तिमिल्सनाले जानकारी दिए । कतिपय युवाले तालिम नै नलिई गाइड गर्दै आएका थिए । तालिम लिन र परीक्षा दिन काठमाडौंसम्म जानुपर्ने अवस्था हटेर गाउँमै पाएपछि युवाहरूको उत्साहजनक सहभागित थियो । ‘हामी काठमाडौंसम्म जानुपथ्र्यो । गाउँमै तालिम पायौं । हामी यो ठाउँको ब्रान्ड एम्बेस्डर भएर काम गर्छौं,’ तालिम लिएका शिवकृष्ण पौडेलले भने ।
तालिम सकिएसँगै सोमबार पर्वतीय प्रशिक्षण प्रतिष्ठानले परीक्षा लिँदै छ । त्यसमा उत्तीर्ण हुनेले लाइसेन्स पाउने छन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

